
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ । आइतवार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
यस्तै प्रवक्ता जगन्नाथ खतिवडाले महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरिएको जानकारी दिए । स्वतन्त्र लडेका घनश्याम चुनावमा पराजित भएपछि नेकपा एसमा लागेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij