
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नमा जिल्ला धादिङ गंगा जमुना गाउँपालिका वडा नं. ६ घर भई हाल काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नं. ६ खड्क भद्रकाली बस्ने ५० वर्षीय पुरन बहादुर घले रहेका छन् ।
गत पुष २४ गते उच्च अदालत पाटन, ललितपुरले ८ दिन कैद, ३६ लाख ८८ हजार जरिवाना र १ लाख ४७ हजार ५ सय २० रुपैयाँ क्षतिपुर्ति भराउने फैसला भएसँगै उनी फरार रहेका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले घलेलाई चैत १ गते बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।फैसला कार्यान्वयनको लागि उनलाई ललितपुर जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij