
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौँ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको उपनेतामा हिमाल कार्की नियुक्त भएका छन् । कार्कीलाई संसदीय दलका नेता उद्धव थापाले उपनेता नियुक्त गरेका हुन् ।
थापा नेता कृष्णप्रसाद सिटौला पक्षका हुन् । त्यस्तै उपनेता कार्की सभापति शेरबहादुर देउवा पक्षका हुन् । कार्की कांग्रेस उदयपुरका जिल्ला सभापति पनि हुन् ।
राजेन्द्र राई नेतृत्वको सरकारमा उनी पूर्व भौतिक पूर्वाधार विकास मन्त्री भएका थिए । उदयपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १(२) बाट उनी निर्वाचित भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij