
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नक्कली सवारी चालक अनुमति पत्र बनाउने एक जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले पर्साको वीरगन्ज महानगरपालिका –२५ बस्ने २४ वर्षीय पारस साह तुराहलाई पक्राउ गरेको हो ।
उपत्यकामा केही व्यक्तिले लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र बनाई प्रयोग गर्दै आइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । आवश्यक अनुसन्धान तथा कारवाहीको लागि उनलाई प्रहरी वृत्त, गौशाला पठाइएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij