
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र विप्लवबीच बुधबार बिहान भेटवार्ता भएको हो ।
विप्लवको सचिवालयअनुसार भेटमा पछिल्लो विकसित देशको राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल र समीक्षा भएको छ । विप्लवले बिगतमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार सरकारले राजनीतिक आस्थाका वन्दीहरूको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने धारणा राखेको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले तीन बुदे सहमति अनुसार कामहरू अघि बढाउने बताएको सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij