
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनका लागि बुधबारबाट आचारसंहिता लाग्ने भएको छ । एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन ५ गतेसम्म लागु गर्ने बताए । नेपाल राजपत्रमा आचारसंहिता प्रकाशन भइसकेको छ ।
राष्ट्रपतिको आगामी फागुन २५ गते र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनका संघीय संसद्मा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता रहेका छन् । राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास चन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij