
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । कम्बोडिया पठाइदिन्छु भन्दै नगद १२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका-२ घर भई काठमाडौं नयाँ बसपार्क बस्ने २३ वर्षीय तोपेन्द्र सिंह रहेका छन् ।
वैदेशिक रोजगारीको लागि कम्बोडियामा मासिक १ लाख ३० हजार रूपैयाँ तलबमा क्यासिनोको सेक्युरिटी गार्डको काम लगाई दिने प्रलोभनमा विभिन्न व्यक्तिहरुबाट उक्त रकम ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उजुरीको आधारमा काठमाडौं महानगरपालिका-२६ गोंगबु बिजिमहलबाट उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान तथा कारवाहीको लागि उनलाई जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij