
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । महाशिवरात्रिको संघारमा पशुपति क्षेत्र सफाई गर्न पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा आफै नै लागेका छन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव थापा प्रशासनिक प्रमुख हुन्, तर उनी यतिखेर सरसफाईमा व्यस्त भएका हुन् । शिवरात्रीको संघारमा कर्मचारीहरुलाई प्रेरित गराउन सदस्य सचिव आफै सरसफाईमा लागेको कर्मचारी वृत्तमा चर्चा छ ।
यसवर्ष शिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा डिजिटल बत्तीले झिलिमिली र फूलमालाको सजावटले पशुपति क्षेत्रमा निकै रौनक बढ्ने कोषले जनाएको छ । शिवरात्रिको तयारीका लागि टुटे फुटेका भुईका ढुंगाहरु मिलाउने, पर्खालहरुमा रंग रोगन गर्ने, आवास तथा स्वयंसेवकहरुको व्यवस्थापन गर्ने कार्य गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij