Logo

Aug 14 2025 | २०८२, साउन २९ गते

Aug 14 2025 | २०८२, साउन २९ गते

नेपाल क्रिकेट संघ (क्यान)

नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने

  • काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने भएको छ ।

    images
    images
    images

    नेपाल क्रिकेट संघ (क्यान) ले नेपालले टप इन्ड टी-२० सिरिजपछि ५ अभ्यास खेल खेल्ने भएको जानकारी दिएको छ ।

    images

    नेपाली क्रिकेट टिमले आइसीसी टी-२० विश्वकप एसिया- इएपी छनौट को तयारीका लागि यी अभ्यास खेल खेल्न लागेको क्यानले बताएको छ ।

    नेपाली टिमले अस्ट्रेलियामा क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्न लागेको हो । नेपाली टीमले क्रिकेट एसिटीसँग अगस्त २६ मा दुई टी-२० खेल्ने छ बहने साउथ अस्ट्रेलियासँग अगस्त २८ मा दुई टी-२० खेल्ने छ ।

    त्यस्तै अगस्त ३० मा साउथ अस्ट्रेलियासँग एक एकदिवसीय खेल खेल्ने क्यानले जनाएको छ ।

    images

    हाल अस्ट्रेलियामा रहेको नेपाली टिमले टप इन्ड टी-२० सिरिज अन्तर्गत शुक्रबार नर्थर्न टेरोटेरी स्ट्राइकसँग खेल्ने तालिका रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij