
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुन बरामद भएको छ । प्रहरीका अनुसार सुनसहित क्यानडेली नागरिक पक्राउ परेका छन् ।
दुबईबाट सुन लिएर आएका मोहम्मद कमल माहगोबलाई विमानस्थलमा चेकजाँचको क्रममा नियन्त्रणमा सुनसहित लिइएको भन्सार विभागका महानिर्देशक चक्र बहादुर बुढाले जानकारी दिए ।
उनी गएराति १२ बजे पक्राउ परेका थिए । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij