
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरले अघि बढाएको टुकुचा उत्खननमा रोक लगाएको छ । अदालतले उक्त प्रकरणमा रिट जारी हुने फैसला सुनाएको छ ।
बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको इजलासले काठमाडौं महानगरले गरेको टुकुचा उत्खनन कानुन विपरीत भएको ठहर गरेको हो ।
काठमाडौं महानगरले भूमिगत गरिएको टुकुचा खोला उत्खनन गर्न सुरु गरेको थियो । त्यसपछि उच्च अदालत पाटनमा त्यसविरुद्ध रिट परेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij