
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । काठमाडौंमा रवि लामेछानेको पक्षमा प्रदर्शन भएको छ । सांसद पद खारेज गरेर उनीमाथि अन्याय गरेको भन्दै उनको पक्षमा शनिबार काठमाडौंमा प्रदर्शन भएको हो ।
लामिछानेको पक्षमा र अदालतको फैसलाको विपक्षमा प्रदर्शनकारीले नारा लगाएका थिए । देश बनाउने अभियानमा लागेकै कारण उनलाई फसाइएको प्रदर्शनमा सहभागीको आरोप छ । शुक्रबार सर्वोच्च अदालतले नागरिकतासम्बन्धी विवाद मुद्दामा लामिछाने सांसद पदमा रहन अयोग्य ठहरिएको फैसला गरेको थियो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संवैधानिक इजलासले पदबाट बर्खास्त गर्न आदेश दिएको थियो । लामिछानेले शुक्रबार साँझ नै उपप्रधानमन्त्री तथा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij