
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा प्रदेश–१ ले लुम्बिनीमाथि १० विकेटको फराकिलो जित दर्ता गरेको हो। लुम्बिनी प्रदेशले दिएको ५३ रनको लक्ष्य प्रदेश–१ ले ८.५ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो। लमही क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले १४.१ ओरभरमा सबै विकेट गुमाउदै ५२ रनको योगफल तयार पारेको थियो। प्रदेश १ दाङमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij