
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । कर्तव्य ज्यान मुद्दाकी फरार प्रतिवादी युवती सात वर्षपछि पक्राउ समातिएकी छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने गोरखा शहिदलखन गाउँपालिका–९ की २७ वर्षीया सीता लामिछाने हुन् ।
सर्वोच्च अदालतले ७२ फागुन २० गतेको फैसलाले उनलाई कर्तव्य ज्यान मुद्दामा पाँच वर्ष कैद सजाय सुनाएको थियो । उक्त फैसला लगत्तै फरार रहेकी लामिछानेलाई केन्द्रीय अनसुन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले कलंकीबाट नियन्त्रणमा लिएको हो ।
लामिछानेविरुद्द २०७० मंसिर ७ गते शिशु जन्माएर चितवनमा साविकको पिठुवा गाजिस–७ माधवपुरस्थित धानखेतको कुलोमा बेवारिसे रूपमा फालेको अभियोग लागेको छ ।
लामिछानेलाई नियन्त्रणमा लिएर फैसला कार्यान्वयनका निम्ति जिल्ला अदालत काठमाडौं पेस गरिएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij