
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । अनलाइनमार्फत सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंबाट दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका नरदेवी बस्ने भारत राजस्थान प्रदेश चुरू सृजनगढ ठाना घर भएका ३२ वर्षीय पवन कुमार शर्मा र काठमाडौं बुढानीलकण्ठ नगरपालिका–८ कपन बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका–४ घर भएका ३७ वर्षीय रुद्रप्रसाद पोखरेल रहेका छन् ।
काठमाडौं महानगरपालिका–१ जमलबाट रुद्रप्रसाद पोखरेललाई र काठमाडौं महानगरपालिका नरदेवीबाट पवन कुमार शर्मालाई विभिन्न गेमहरूमा अनलाइन सट्टाबाजी गरिरहेको अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij