
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौँ । मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । यसअघि नेकपा एमालेमा रहेका गुरुङ स्वतन्त्र हैसियतमा निर्वाचनमा भाग लिएका थिए ।
एमालेबाट गण्डकी प्रदेश सरकारमा मन्त्रीसमेत बनिसकेका गुरुङले आज सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठ (किसान) लगायत नेताहरूसँगको सामूहिक तस्बिर सार्वजनिक गर्दै आफू उक्त पार्टीमा प्रवेश गरेको बताएका छन् ।
उनले आफू उक्त पार्टीमा प्रवेश गर्नुको कारण समेत उल्लेख गर्दै विज्ञप्ति जारी गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij