
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । काठमाडौं प्रहरीले मोटरसाइकल चोरीको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका ४ घर भई ललितपुर ईमाडोल बस्ने २८ वर्षीय भुपेन्द्र बहादुर बुढामगर रहेका छन् ।
पार्किङ गरी राखिएका मोटरसाइकल चोरी हुने गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलिले भुपेन्द्रलाई पक्राउ गरेको हो । भक्तपुरको राधेराधेबाट चोरी भएको १ थान मोटरसाइकलसहित भुपेन्द्रलाई काठमाडाैं महानगरपालिका ९ एयरर्पोटबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
अनुसन्धानका क्रममा उनले थप ३ वटा मोटरसाइकल चोरी गरेको खुल्न आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij