उनीहरुको हारको नैतिक जिम्मेवारी लिंदै माओवादी केन्द्रका ललितपुर जिल्ला संयोजक कट्टेल र सचिव पुलामीले पार्टीको बागमती प्रदेश कार्यालयमा राजीनामा बुझाएको स्रोतले बताएको छ ।
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौं । निर्वाचनमा हारसँगै नेकपा माओवादी केन्द्र ललितपुरका संयोजक र सचिवले राजीनामा दिएका छन् । ललितपुर जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका हुन् ।
ललितपुर ३ बाट माओवादी केन्द्रकी उपमहासचिव एवम् ऊर्जामन्त्री पम्फा भुसाल पराजित भएकी थिइन् भने क्षेत्र नं. ३ को प्रदेश सभा १ बाट माओवादी केन्द्रकै राजकाजी महर्जन पनि पराजित भएका थिए । यसैगरी ललितपुर क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा माओवादी केन्द्रका उम्मेदवार हरि दाहाल पनि पराजित भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij