
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । एमाले पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन असफल भएका छन् । सत्ता गठबन्धनको समर्थन रहेपनि उनी विजयी हुन सकेनन् ।
भुसाललाई एमालेका सचिव छविलाल विश्वकर्माले पराजित गरेका हुन् । विश्वकर्माले २४ हजार ८७२ मत ल्याएर विजयी हाँसिल गरे भने पराजित भुसालले २१ हजार ३०८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij