
May 23 2025 | २०८२, जेठ ९ गते
ललितपुर । ललितपुर क्षेत्र नं. २ मा हाम्रो नेपाली पार्टीबाट डा. सुदिन शाक्य प्रतिनिधि सभा सदस्यबाट उम्मेदवारी दिएका हुन् । सो क्षेत्रमा उनका निकटतम प्रतिस्पर्धी प्रेम बहादुर महर्जन विजयी भए । यो क्षेत्रमा शाक्यको पहिलो पटकको उम्मेदवारी भएतापनि शाक्यले धेरैको मन जित्न सफल भइ दोस्रो स्थान लिन सफल भएका छन् ।
आफुले जीत हाँसिल गर्न नसकेतापनि जनताको सेवामा सदैव सक्रिय भई अघि बढ्ने उनले बताए । विजयी हुँदा जति पहल गर्न सकिन्थ्यो, त्यो जति गर्न नसकेतापनि आफुबाट सक्दो जनताको सेवामा निरन्तरता दिने उनले बताएका छन् । उनले जनताको सेवाको लागि जीत वा हार ठुलो विषय नरहेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij