Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

भत्किएको कीर्तिपुर दरबार पुनः निर्माण हुँदै

भत्किएको कीर्तिपुर दरबार पुनः निर्माण हुँदै

  • काठमाडौं । करिब साढे दुई सय वर्षअघि भत्किएर लोप हुने अवस्थामा पुगिसकेको कीर्तिपुर दरबार (लायकु) पुनः निर्माण कार्य  सुरु भएको छ । स्थानियको अतिक्रमणबाट लोप हुने अवस्थामा पुगिसकेको सर्वाधिक ठुलो र महत्वपूर्ण सम्पदा रुपमा रहेको कीर्तिपुरको लायकु दरबार राज्यबाट पनि ओझेलमा परेको थियो । 

    images
    images
    images

    सो दरबार पहिलेको जस्तै स्वरुपमा बनाउने मागअनुसार परम्परागत नेवारी इँटा (दाची अपा) र मध्यकालीन शैलीका झ्याल प्रयोग गरी पुनःनिर्माण गर्न थालिएको छ । नगरपालिकाले छुट्याइदिएको ३ करोडको बजेटमा सो लायकु दरबार निर्माण हुने कीर्तिपुर–१ का अध्यक्ष हीरालाल महर्जनले जानकारी दिएका छन् ।

    images

    दरबार पुन निर्माणका लागि महर्जनसहितका १६ स्थानीयवासीले लायकु दरबारसम्बन्धी ऐतिहासिक दस्तावेज र तस्बिर नगरपालिका समक्ष पेस गरेका थिए । पुरानै आकारमा दरबार बनाउन नसकेपनि त्यसको एक अंश निर्माण हुने लायकु दरबारबारे विशेष जानकार शुद्धरत्न महर्जनले बताएका छन् ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij