
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौँ । अगामी मंसिर ४ गते हुने चुनावका दिन सार्वजनिक सवारी साधन नचल्ने भएका छन् । निर्वाचमा शान्ति सुरक्षा कायम गर्न काठमाडौं, ललितपुर र भक्तपुरमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो।
प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले मतदानका दिन निर्वाचन आयोगको मापदण्डअनुसार सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको काठमाडौँका प्रजिअ घनश्याम उपाध्यायले बताए । निर्वाचन आयोगले पास भएका सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधन नचल्ने उनले बताए।
चुनावका दिन बिहान ४ गतेदेखि बेलुकी ७ बजेसम्म उपत्यकामा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो । सो बैठकले सवारी साधनको व्यवस्थापन गर्ने, मदिराको ओसारपसार, बिक्री वितरण र सेवनमा रोक लगाउने निर्णय गरेको छ । खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधन भने सञ्चालन हुनेछन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij