
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसिंहता उल्लङ्घन गरेको भन्दै १२० जनालाई स्पष्टीकरण सोधेको छ । जसमध्ये ११ वटा उजुरी फर्स्यौट भइसकेका छन् भने ११० वटा उजुरी फर्स्यौट गर्न बाँकी रहेका छन् । आयोगले उजुरी परेकाको स्पष्टिकरण लिनुको साथै कारवाही पनि गर्दै आएको छ ।
मंगलबारसम्म ९ जना कारवाहीमा परेका छन् । आचारसहिंता उल्लङ्घनको प्रकृति हेरी कारवाहीमा पर्ने ९ जनालाई ५ देखि २५ हजारसम्म जरिवाना तिराइएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जनाएका छन् । आयोगले गत असोज १२ गतेदेखि निर्वाचन आचारसहिंता लागु गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij