
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौं । अभिनेता प्रदीपले खड्काले आगामी मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई भोट मागेका छन् ।
मंगलवार नवलपरासीको बर्दघाट १२ मा चुनावी सभामा सहभागी भएर उनले चौधरीलाई भोट मागेका हुन् । चौधरी नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् ।
विनोद चौधरीका छोरा तथा चौधरी ग्रुपका कार्यकारी निर्देशक वरुण चौधरीसँगको मित्रताका कारण उनी चौधरीको पक्षमा भोट माग्नका लागि चुनावी आमसभामा सहभागी भएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij