
May 23 2025 | २०८२, जेठ ९ गते
ललितपुर । ललितपुर क्षेत्र नं. ३ (१) मा अजय अछामी प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार हुन् । अजय चुनाव चिन्ह विजुलीको चिम लिएर उठेका छन् । अजय ७ बर्षको वैदेशिक यात्रासँगै जनविकास र देश विकासका लागि के कसरी टेवा पुर्याउन सकिन्छ सो बिषयमा चिन्तन गर्ने युवा उम्मेदवारका रुपमा रहेका छन् । अजय आफु विजयी भए या नभएपनि समाज कल्याणका लागि सधैँ अग्रसर रहिरहने व्यक्ति हुन् । अजयले जनतासमक्ष आफ्नो सुमधुर सम्बन्ध रहेको र विजयी पक्का पक्की भएको बताइरहँदा हामीले अजयलाई जनताको तर्फबाट केही प्रश्नहरु सोधेका छौँ । चुनावी प्रचारमा व्यस्त रहेका अजयसँग अनलाइन पत्रिकाकर्मी सरिना महर्जनले गरेको चुनावी सम्वाद जस्ताको तस्तैः
"देश विकासका कर्णदार भनेका युवा पुस्ता भएका कारण विशेषगरी उनीहरुलाई रोजगारीमूलक तालिमका साथै उद्यमी पनि बनाउने कार्यनीति तयार गरेका छौँ । त्यसका साथै स्वस्थ हुनु अति आवश्यक रहेको कारण सुलव स्वास्थ्य सुविधालाई जोड दिनुका साथै सर्वसाधारणलाई स्वास्थ्य शिक्षा दिलाउनेछौँ । हाम्रो देश कृषिप्रधान देश भनिएतापनि कृषकलाई मल, बिउका साथै सिचाईको उपलब्धता पर्याप्त मात्रामा नभएकोले सो बिषयलाई केन्द्रमा पुर्याइ कार्यान्वयनको लागि पहल गर्नेछौँ । त्यसैगरी देशमा भ्रष्टचारको न्युनीकरण वा निर्मूलीकरणका लागि आवश्यक कार्यनीति तयार गरी देशको दिगो विकासका लागि कदम चाल्नेछौँ । एकबद्ध भइ देश विकासका काममा हातेमालो गरे असम्भव पनि सम्भव हुन सक्छ । "
विजयीको लागि चुनावी दौडधुपमा व्यस्त उम्मेदवारहरुले प्रचारप्रसारका लागि कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी प्रचार प्रसारका लागि समय पाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij