
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौं । बागमती प्रदेश नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)बाट राधव वीर जोशी समानुपातिक प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन् । जोशी पुर्व सभासद र बहिरा संघका अध्यक्ष समेत भइसकेका थिए भने अहिले सल्लाकारका रुपमा रहेका छन् । उनले २०६४ सालमा समानुपातिकबाट अपाङ्गता, अल्पसंख्यक र सिमान्कृत समुदायको अधिकार संरक्षण गर्न लागि आवाज उठाउदै आएका छन् ।
जोशीले जनतासमक्ष आफ्नो सुमधुर सम्बन्ध रहेको र विजयी पक्का पक्की भएको बताइरहँदा हामीले जोशीलाई जनताको तर्फबाट केही प्रश्नहरु सोधेका छौँ । चुनावी प्रचारमा व्यस्त रहेका जोशीसँग अनलाइन पत्रिकाकर्मी इना महर्जनले गरेको चुनावी सम्वाद जस्ताको तस्तैः
‘‘नेपालमा बहिरा शिक्षकहरुका लागि शिक्षक अनुमतिपत्र प्राप्त गर्ने व्यवस्था मिलाउनेछु । राष्ट्रिय संस्कृत भाषालाई मान्यता दिई विकासमा जोड दिनेछु । बहिरा सवारी चालकहरुलाई सवारी चालक अनुमति पत्र प्राप्त गर्न विशेष पहल गर्नेछु । दोभाषीहरुको व्यवस्था गर्ने, अपाङ्गता भएका व्यक्तिहरु लागि बिमाको सेवा सुविधा उपलब्ध गराउने, अपाङ्ग भएकाहरुलाई रोजगारी तथा खेलकुदकमा सहभागिताको सुविधा र स्वास्थ्य सेवा निःशुल्क दिने तथा सिप विकासका लागि तालिमको व्यवस्था गराउने कार्ययोजना रहेको छ ।’’
विजयीको लागि चुनावी दौडधुपमा व्यस्त उम्मेदवारहरुले प्रचारप्रसारका लागि कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी प्रचार प्रसारका लागि समय पाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij