
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते अत्यावश्यकीय सवारी साधनलाई अनुमतिपत्र बिना सहज आवागमनको व्यवस्था गरिदिने निर्णय गरेको छ ।
आयोगकाअनुसार बिरामी बोकेका एम्बुलेन्स, शववाहन, दमकल, खानेपानी, फोहोरमैला ओसारपसार र दूध बोक्ने सवारी साधनलाई अनुमतिपत्र सवारी साधन सञ्चालन गर्न सकिनेछ । त्यसैगरी सूचना तथा प्रसारण विभाग, प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय, प्रदेश मातहतका सञ्चार प्राधिकरण, अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचय पत्रवाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनलाई पनि अनुमतिपत्र नचाहिने बताइएको छ ।
दूरसञ्चार तथा केबल सेवा, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधनले अनुमतिपत्र लिन नपर्ने आयोगले जनाएको छ । आयोगबाट जारी पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले अनुमति पत्रबिना सवारी साधन चलाउन पाउने छन् । तरकारी, फलफूल तथा विद्युत सेवाका लागि प्रयोग हुने गाडीको लागि पनि पास आवश्यक नपर्ने जनाइएको छ । कुटनीतिक नियोग, युएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरुमा कार्यरत पदाधिकारी एवम् कर्मचारीले प्रयोग गर्ने नीलो नम्बर प्लेट र पर्यटक बोकेका हरियो नम्बर प्लेट भएका सवारी साधन पनि बिना पास चल्न पाउनेछन् ।
त्यसका साथै सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधनले पनि अनुमतिपत्र लिनुपर्दैन । तर ती सवारी साधनमा मतदाता ओसारपसार गर्न नपाइने आयोगले स्पष्ट पारेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij