
May 23 2025 | २०८२, जेठ ९ गते
ललितपुर । ललितपुर क्षेत्र नं. ३ मा जेसन देव वैद्य प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार हुन् । वैद्यलाई समाज सेवकका रुपमा पनि चिनिन्छ । विगत ५ बर्षदेखि राजनितिमा प्रवेश गरेका वैध्य देशको जनताका हित र भलाईका लागि सधैँ अग्रसर रहेका छन् ।
वैद्यले जनतासमक्ष आफ्नो सुमधुर सम्बन्ध रहेको र विजयी पक्का पक्की भएको बताइरहँदा हामीले वैद्यलाई जनताको तर्फबाट केही प्रश्नहरु सोधेका छौँ । चुनावी प्रचारमा व्यस्त रहेका वैध्यसँग अनलाइन पत्रिकाकर्मी सरिना महर्जनले गरेको चुनावी सम्वाद जस्ताको तस्तैः
"देश विकासका लागि युवाहरुको विशेष भुमिका रहने भएकोले उनीहरुलाई विदेश पलायन हुनबाट रोकी देशमै उनीहरुको क्षमता र रुचीअनुसार रोजगारीको अवसरहरु सृजना गर्ने योजना रहेको छ । बन्द भएका पुराना तथा नयाँ उद्योगको सरकारीस्तरबाटै विकास र प्रवद्र्धनका लागि पहल गराउन जोड दिन्छौँ ।
त्यस्तैगरी देशको भ्रष्टचारलाई न्युनीकरण वा निर्मूलीकरण गर्न विकसित प्रविधिको प्रयोग गर्ने नीति रहेको छ । साथै अव्यवस्थित रुपमा रहेका राष्ट्रिय सम्पतिको संरक्षण गरी त्यसलाई उत्पादनमूलक कार्यमा लगाउने कार्यनीति रहेको छ । विशेषगरी नागरिकहरुको आर्थिक अवस्था सुधार गर्न नसकेसम्म समाजमा रहेका विभिन्न समस्याहरुको समाधान गर्न सकिदैँन । त्यसैले नागरिकको अवस्थालाई सुधार गरी गुणस्तरीय जीवन बनाउन विशेष कार्ययोजना तयार गर्नेछौँ ।"
विजयीको लागि चुनावी दौडधुपमा व्यस्त उम्मेदवारहरुले प्रचारप्रसारका लागि कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी प्रचार प्रसारका लागि समय पाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij