
May 23 2025 | २०८२, जेठ ९ गते
ललितपुर । ललितपुर क्षेत्र नं.२ मा हाम्रो नेपाली पार्टीबाट डा. सुदिन शाक्य प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् । शाक्यलाई दन्त चिकित्सकका रुपमा पनि चिनिन्छ । शाक्यले जनतासमक्ष आफ्नो सुमधुर सम्बन्ध रहेको र विजयी पक्का पक्की भएको बताइरहँदा हामीले शाक्यलाई जनताको तर्फबाट केही प्रश्नहरु सोधेका छौँ । चुनावी प्रचारमा व्यस्त रहेका शाक्यसँग अनलाइन पत्रिकाकर्मी सरिना महर्जनले गरेको चुनावी सम्वाद जस्ताको तस्तैः
"देशमा भ्रष्टचारको न्युनीकरण गर्दै निर्मुलीकरण गर्न विशेष पहल गर्नेछौँ । त्यस्तै नागरिकको शारिरीक तथा मानसिक सुरक्षाको प्रत्याभुतीका लागि विशेष रुपमा ठोस कार्य अगाडी बढाउने योजना रहेको छ । ललितपुर क्षेत्र नं.२ मा ४ वटा शहरी स्वास्थ्य केन्द्र खोल्ने र न्युनतम शुल्कमा स्वास्थ्य सेवा प्रदान गर्न कार्ययोजना तयार गर्नेछौँ । ललितपुर क्षेत्र नं. २ मा शिक्षा अक्षय कोष र स्वास्थ्य सेवा अक्षय कोषको स्थापना गरी गरिब, निमुखा, विपन्न र आर्थिक अवस्था कमजोर भएकोले शिक्षा र स्वास्थ्य सेवाबाट बन्चित हुनुपरेकाहरुलाई सहयोग गर्न प्रतिबद्ध रहन्छौँ । ललितपुर जिल्लामा अवस्थित ऐतिहासिक, सांस्कृतिक एवम् मुर्त, अमुर्त सम्पदाको संरक्षण र प्रवद्र्धन गर्न विशेष पहल गर्नेछौँ । त्यसका साथै सडक, बाटोघाटो निर्माण तथा स्तरोन्नतिमा विशेष जोड दिनेछौँ ।"
विजयीको लागि चुनावी दौडधुपमा व्यस्त उम्मेदवारहरुले प्रचारप्रसारका लागि कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी प्रचार प्रसारका लागि समय पाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij