
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौँ । नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा मानबहादुर लिम्बुलाई टिकट दिएको छ ।
यो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि उनको स्थानमा बेलबारी नगरपालिका– ८ का लिम्बुलाई नेपाली कांग्रेसले टिकट दिएको हो । लिम्बु नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् ।
टिकट पाएका लिम्बुले मनोनयन दर्ताको तयारी गरिरहेको जनाइएको छ । निर्वाचन आयोगले खाली रहेको उम्मेदवारको ठाउँमा नयाँ उम्मेदवारको मनोनयन दर्ता गर्न कांग्रेसलाई आज १ बजेसम्मको समय दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij