Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

मोरङ क्षेत्र नं.३ को (१) मा मनोनयन दर्ता

मोरङ क्षेत्र नं.३ को (१) मा मनोनयन दर्ता

  • काठमाडौँ । मोरङ क्षेत्र नं. ३ को (१) मा मनोनयन दर्ता गर्नका लागि निर्वाचन आयोगले बिहिबार समय तय गरेको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत प्रदेश सभातर्फ मोरङ क्षेत्र नं. ३ को (१) मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका शेखरचन्द थापाको निधनपछि बिहिबार आयोगले सो दलका लागि उम्मेदवार मनोनयन दर्तासहित नयाँ निर्वाचन कार्यक्रम तय गरेको छ ।

    images
    images
    images

    मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्हसमेत प्रदान भइसकेको अवस्थामा उम्मेदवार थापाको मृत्यु भएको हुँदा उक्त निर्वाचन क्षेत्रको सम्बन्धित दलको उम्मेदवारले मात्रै मनोनयन दर्ता गर्न पाउने उपसचिव ऋषिराम भुसालले बताए ।

    images

    बिहीबार विहान १० देखि १ बजेसम्म सम्बन्धित राजनीतिक दलले उम्मेदवार मनोनय दर्ता गर्नुपर्ने भुसालले जनाए । उनले मनोनयन दर्ता भएका उम्मेदवारलाई निर्वाचन चिन्ह दिएपछि मंसिर ४ गते नै निर्वाचन हुने बताए । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij