
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौँ । नेपाली कांग्रेसको अनुशासन आयोगले थप चार जनालाई कारबाही गरेको छ । कांग्रेसको अनुशासन आयोगका संयोजक आनन्द प्रसाद ढुंगानाले एक विज्ञप्ति जारी गरी पाँच बर्षका लागि थप दुई जनालाई पार्टीको सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएको छ ।
कारवाहीमा पर्नेहरुमा उदयपुरका रामकुमार राई, मीनकुमार दाहाल, जयप्रसाद सुवेदी र भरत कार्की रहेका छन् । उनीहरु गठबन्धनको निर्णय विपरीत उम्मेदवार र प्रस्तावक रहेका छन् ।
यसअघि कांग्रेसले ७४ जना बागी उम्मेदवारलाई कारबाही गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij