
May 23 2025 | २०८२, जेठ ९ गते
ललितपुर । ललितपुर क्षेत्र नं.२ (१) मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट विनोद सिलवाल प्रदेश सभा सदस्यका उम्मेदवार हुन् । सिलवालले जनतासमक्ष आफ्नो सुमधुर सम्बन्ध रहेको र विजयी पक्का पक्की भएको बताइरहँदा हामीले सिलवाललाई जनताको तर्फबाट केही प्रश्नहरु सोधेका छौँ । चुनावी प्रचारमा व्यस्त रहेका सिलवालसँग अनलाइन पत्रिकाकर्मी सरिना महर्जनले गरेको चुनावी सम्वाद जस्ताको तस्तैः
"ग्वार्काेबाट पनौतीसम्मको बाटो जोड्ने र सो कार्यलाई तीव्र रुपमा अघि बढाउनेछौँ । विशेषगरी भ्रष्टचार नगर्ने र अरुलाई पनि गर्न नदिने योजना रहेको छ । खानेपानी, स्वास्थ्य, ढल निकासका साथै युवाहरुको क्षमता र रुची अनुसार देशमै उद्योग, कलकारखाना खोली रोजगारीको अवसरलाई जोड दिनेछौँ । हाल चलिरहेको देशको व्यवस्था प्रणाली परिर्वतन गरी नयाँ ढंगले शुरु गर्नेछौँ । त्यस्तै घोषणा पत्रमा लेखिएका विकासका कार्यहरुलाई निरन्तरता दिनेछौँ ।"
विजयीको लागि चुनावी दौडधुपमा व्यस्त उम्मेदवारहरुले प्रचारप्रसारका लागि कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी प्रचार प्रसारका लागि समय पाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij