
May 23 2025 | २०८२, जेठ ९ गते
ललितपुर । ललितपुर क्षेत्र नं.२ (२) मा नेपाल मजदुर किसान पार्टीबाट महेन्द्र ब्रम्हचार्य प्रदेश सभा सदस्यका उम्मेदवार हुन् । महेन्द्र देशको बिग्रदो परिस्थितिलाई ध्यानमा राखी नेपाल मजदुर किसान पार्टीमा करिब ५ बर्षदेखि आबद्ध भई देश विकासमा अग्रसर रहिरहेका छन् । महेन्द्रले जनतासमक्ष आफ्नो सुमधुर सम्बन्ध रहेको र विजयी पक्का पक्की भएको बताइरहँदा हामीले महेन्द्रलाई जनताको तर्फबाट केही प्रश्नहरु सोधेका छौँ । चुनावी प्रचारमा व्यस्त रहेका महेन्द्रसँग अनलाइन पत्रिकाकर्मी सरिना महर्जनले गरेको चुनावी सम्वाद जस्ताको तस्तैः
"हामी देशको सीमा सुरक्षालाई जोड दिनेछौँ । त्यस्तै देशको सार्वभौमसत्ताको लागि लड्छौँ । नागरिक विधयेकमा अंगिकार नागरिकता लिई जो कोही संसदमा सहजै छिर्न मिल्ने नीतिलाई रोक्नेछौँ । विशेषगरी मजदुर र किसानको आवाजलाई बुलन्द गछौँ । कृषिलाई जोड दिई आवश्यक पुर्वाधारहरु मल र सिचाइको व्यवस्था गर्न पहल गछौँ । साथै देशलाई परनिर्भर होइन तर आत्मनिर्भर बनाउन आवश्यक योजना तयार गर्नेछौँ । विदेशी उत्पादनमा भर नपरी स्वदेशी उत्पादनमा जोड दिई रोजगारीको अवसरहरु पनि सिर्जना गर्न पहल गर्नेछौँ । विश्वविधालयसम्म निशुल्क शिक्षा र स्वास्थ्य सुविधाको व्यवस्था गर्ने कार्ययोजना रहेको छ । बोलीमा सिमीत नभई कार्यान्वयनमा अघि बढ्छौँ । विकासका कार्यमा जनसहभागितालाई जोड दिन्छौँ ।"
विजयीको लागि चुनावी दौडधुपमा व्यस्त उम्मेदवारहरुले प्रचारप्रसारका लागि कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी प्रचार प्रसारका लागि समय पाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij