
May 23 2025 | २०८२, जेठ ९ गते
ललितपुर । ललितपुर क्षेत्र नं. १ मा राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी)बाट सन्दिप आचार्य प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् । आचार्यले जनतासमक्ष आफ्नो सुमधुर सम्बन्ध रहेको र विजयी पक्कापक्की भएको बताइरहँदा हामीले आचार्यलाई जनताको तर्फबाट केही प्रश्नहरु सोधेका छौँ । चुनावी प्रचारमा व्यस्त रहेका आचार्यसँग अनलाइन पत्रिकाकर्मी इना महर्जनले गरेको चुनावी सम्वाद जस्ताको तस्तैः
‘‘कृषिमा जोड दिई रोजगारीमूलक अवसरको सृजना गर्ने, साथै खानेपानीको व्यवस्थापन, निःशुल्क एक्सरे र रगत संकलन गरी रक्त परिक्षणका लागि अस्पताहरुसँग समन्वय गर्ने योजना रहेको छ । विशेषगरी कक्षा ६ देखिका विद्यार्थीहरुलाई अनिवार्य रुपमा आवासी व्यवस्थाको पहल गर्ने । साँस्कृतिक सम्पदाको विकासका साथ पूर्वाधारमा जोड दिने र भष्ट्रचार अन्त्य गर्न आवश्यक नीतिको तर्जुमा गर्न पहल गर्नेछु । ।’’
विजयीको लागि चुनावी दौडधुपमा व्यस्त उम्मेदवारहरुले प्रचारप्रसारका लागि कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसारका लागि समय पाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij