
May 23 2025 | २०८२, जेठ ९ गते
ललितपुर । नेकपा माओवादी केन्द्रबाट ललितपुर जिल्ला क्षेत्र नम्बर १ (क) प्रदेश सभा सदस्य प्रत्यक्षतर्फको उम्मेदवार हरि दाहालले यस क्षेत्रमा परेका तीन पालिकालाई औद्योगिक क्षेत्रको रुपमा निर्माण कार्यमा जोड दिने बताएका छन् ।
दाहालले धुलो बाटो मुक्त गर्नका लागि बाटो पिच गर्ने र पर्यटन तथा कृषि विकास सम्बन्धि काममा जोड दिने जानकारी दिए । स्वास्थ्य, शिक्षा तथा रोजगारीलाई पनि मध्य नजर गरी अगाडि बढ्ने जानकारी दिए । जनतासँग प्रत्यक्ष सम्पर्कमा रही जनताको सेवामा सधै साथमा रहने बताए ।
नेकपा माओवादी र नेपाली कांग्रेस बिच गठन्धन भएको हो । दाहाल अहिले चुनावी घरदैलो अभियानमा व्यस्त छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij