
May 23 2025 | २०८२, जेठ ९ गते
ललितपुर । नेकपा एमाले ललितपुर क्षेत्र नं २ (१) प्रदेश सभा सदस्य उम्मेदवार रामेश्वर श्रेष्ठले खानेपानीको समस्यालाई समाधान गर्ने योजना रहेको बताएका छन् ।
यसका लागि मेलम्ची पाइप लाइनको विस्तार गर्ने बताए । त्यस्तै ललितपुर महानगरको १७ वटा र महालक्ष्मी नगरपालिकाको १० वटा वडाहरुको भौतिक पूर्वधारहरुको विकास गर्ने योजना रहेको बताए ।
साथै विभिन्न कारणले वैदेशिक रोजगारीमा जानुपरेका युवाहरुलाई स्वदेशमै रोजगारीको सिर्जना गरी उनीहरुलाई उद्यमशील बनाउने कार्य योजनालाई अगाडि बढाउने बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij