
May 23 2025 | २०८२, जेठ ९ गते
ललितपुर । बागमती प्रदेशका सबैलाई सम्मानका साथ गुणस्तरीय शिक्षा प्रदान गर्ने सोच रहेको स्वतन्त्र उम्मेदावर ललितपुर क्षेत्र नं १ क प्रदेश सभा सदस्य दिपेश कुमार खत्रीले बताएका छन् । साथै सरकारले +2 को पढाई आर्मी स्कुलमा नै हुनुपर्छ, जसले देशको सुरक्षाका लागि केही कमी नहोस् भन्ने चाहाना रहेकाे खत्रीले बताए ।
रोजगारीको लागि युवाहरुलाई कृषिमा नै आवद्ध गराई त्यसबाट उत्पादित वस्तुहरु सरकारले नै अनिर्वाय रुपमा किन्नुपर्ने र जनताहरुलाई सुलव मूल्यमा विक्रि गराउने कार्य योजना भएको खत्रीले जानकारी दिए ।
माहाँकाल गाउँपालिका बुखेल, मनिखेल, गोटिखेल, कालेश्वर, चन्दनपुर, ठूला दुर्लङग, कोन्जोसम गाउँपालिका,चौघरे, नल्लु भारदेउमा रहेका वडाहरु अविकसित बस्ती र थोरै जनसंख्या भएको हुनाले यी सबै बस्तीहरुलाई एकै ठाउँमा ल्याएर तीन वडा बनाउने र सबै वडाहरु सम्वृद्ध र सुविधा जनक वडाहरु बनाउने योजना रहेको उनले बताए । खत्रीले पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य र रोजगारीमा जोड दिएका छन् ।
ललितपुर क्षेत्र नं १ क प्रदेश सभा सदस्य दिपेश कुमार खत्रीको मत चिन्ह ‘गुलेली’ रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij