
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । रुस पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–२९ घट्टेकुलो बस्ने ४८ वर्षकी तुलसा भण्डारी रहेकी छन् ।
वर्किङ भिषामा रुस पठाइदिन्छु, रसिया पुगेपछि प्रतिष्ठित सुपरमार्केटमा काम लगाइदिन्छु, मासिक तीन लाखसम्म तलब हुन्छ भन्ने विश्वास दिलाई ४० लाख रुपैयाँ लिएर उनी सम्पर्कविहीन बनेकी थिइन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले भण्डारीलाई सोमबार घट्टेकुलोबाट पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij