Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि स्थान पहिचान गर्दै

महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि स्थान पहिचान गर्दै

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकामा नै कुहिने फोहर व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ । 

    images
    images
    images

    बञ्चरेडाँडामा फोहोर पुर्याउँदा पटक–पटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारीरूपमा फोहरको दीर्घकालिन समाधानका लागि स्थान पहिचानको काममा लागेको महानगरपालिकाले जनाएको छ ।

    बञ्चरेडाँडामा हानीकारक फोहर व्यवस्थापन नगर्ने योजनाअनुरुप कुहिने फोहरलाई उपत्यकामा नै र नकुहिनेलाई अन्तिम व्यवस्थापनका लागि उक्त स्थानमा लैजान महानगरपालिकाले स्थान पहिचान गरिरहेको छ । हाल महानगरपालिका र अन्य १७ स्थानीय तहसहित उपत्यकाको १८ स्थानीय तहको फोहर अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लैजाने गरिएको छ ।

    हालसम्म उपलब्ध भएका जग्गा ५० रोपनीदेखि एक सय ५० रोपनीसम्म छ । सम्भावित स्थानको पहिचान गर्ने कार्य भने जारी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij