
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौं । निर्वाचन आयोगले दलहरूको खर्चको सीमा निर्धारण गर्ने तयारी गरेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा खर्च सीमा निर्धारणका सन्दर्भमा दलहरूसँग छलफल गरिएको आयोगका प्रवक्ता शालीग्राम पौडेलले बताए ।
समाजिक सञ्जाल सहित अन्य क्षेत्रमा हुने खर्चको अनुगमन गर्ने तयारीलाई तिव्रता दिइरहेको पौडेलले जानकारी दिए । खर्च विवरण ट्र्याक गर्नका लागि आयोगले अनुगमन समिति परिचालन गर्ने भएको छ ।
सामाजिक सञ्जालमार्फत भएका खर्चहरूबारे थाहा पाउन मेटा कम्पनीसँग केही सम्झौता गरेको र स्पोन्सर्ड गरेको खर्चको हिसाब उसले दिने सहमति भएको आयोगले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij