Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

एकैदिन २२ सय सवारी चालक कारबाहीमा

एकैदिन २२ सय सवारी चालक कारबाहीमा

  • काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेको भन्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले  एकैदिन २२ सय ३५ जना सवारी चालकलाई कारबाही गरेको छ। 

    images
    images
    images

    कारबाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने २५६ जना, फुटपाथमा पार्किङ गर्ने १२७ जना, तीब्र गतिमा सवारी साधन चलाउने ८७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८६ जना र ढोका खुल्लै राखेर सवारी चलाउने ७४ जना रहेका छन् ।

    images

    त्यस्तै अवस्था ठीक नभएका सवारी साधन चलाउने ५८ जना र हर्नको अनावश्यक प्रयोग गर्ने ५६ जनालाई चिट काटिएको ट्राफिक प्रहरीले बताएको छ ।

    images

    यसैगरी रातो बत्तीको उल्लंघन गर्ने ३५ जना, सडक लेन उल्लंघन गर्ने २६ जना र क्षमताभन्दा बढी यात्रु राख्ने २२ जना चालक कारबाहीमा परेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij