
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।
सोमबार बिहान संसदमा रहेका विभिन्न विधेयकलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न गृहमन्त्री र कानून मन्त्री प्रचण्ड निवास खुमलटार पुगेका थिए।
भेटमा नेपाल सरकारसँग विभिन्न समयमा सहमति र सम्झौता गरेका विभिन्न राजनीतिक पार्टीका माग पूरा गर्ने सन्दर्भमा अहिलेसम्म भएका प्रगतिबारे पनि कुराकानी भएको स्रोतले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij