
May 02 2025 | २०८२, वैशाख १९ गते
ललितपुर । ज्वेल्स बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवनमा कारोबार प्रारम्भ गरेको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले रिबन काटेर भवन शुभारम्भ गरेका हुन् ।
ललितपुर महानगरपालिकाकी उपप्रमुख मन्जरी शाक्यले ज्वेल्सको नगद काउन्टरको घुम्टो खोल्नुभयो ।
'ज्वेल्सको यो भवनको लागि जग्गा र निर्माणमा ८ करोड खर्च' भएको बताउँदै ज्वेल्सका अध्यक्ष किरणभाई बज्राचार्यले भने, ‘संस्थासँग अहिले करिब ८० करोड जम्मा भएको छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij