
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले ३२ वटै वडाका स्वास्थ्य केन्द्रमा कम्तिमा एक जना फिजिसियन डाक्टर र एक जना नर्स राख्ने भएको छ । नगरपालिकाको आइतबार बसेको आठौँ बाेर्ड बैठकले सोही प्रस्ताव पारित गरेको हो ।
स्थानीयको स्वास्थ्यलाई मध्यनजर गर्दै सबै वडामा क्लिनिक सञ्चालन गर्ने प्रस्ताव पनि पारित गरिएको महानगरका मेयर बालेन्द्र साह बालेनले बताउनुभयाे । एमबीबीएस डाक्टर नै राख्ने तयारी गरिएकोमा जनरल फिजिसियन राख्ने सुझाव आएकाले उहाँले बताउनुभयाे। साेही प्रस्ताव पारित गरिएको र त्यसबाट स–साना समस्याका लागि अस्पताल धाउनुपर्ने बाध्यता हट्ने मेयर साहकाे तर्क छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij