
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले १५ भदौभित्र प्रतिनिधि र प्रदेशसभा उम्मेदवारको नामावली सिफारिस गर्ने समय सीमा तोकेको छ ।
आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि १५ भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्ने समयसिमा छुटाएको हो । सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र समन्वय समितिले १० भदौभित्र जिल्ला कमिटीमा नाम सिफारिस गरिसक्नु पर्नेछ ।
प्रदेश कमिटीले १५ भदौमा केन्द्रीय कार्यालयमा नामावली पठाएपछि २० भदौमा सो पार्टीको केन्द्रीय कार्यालयले प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० उम्मेदवारको टुंगो लगाउने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij