
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । काठमाडौँ र चितवन गरी आज आठ सवारीसाधनमा तोडफोड गरिएको छ । ‘नेपाल बन्द’मा सवारीसाधन चलाएको भन्दै तोडफोड गरिएको हो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित साना चार दलले आज बन्दको आह्वान गरेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले ११ जिल्लाबाट ४४ बन्दकर्तालाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीका अनुसार देशभर बन्दको प्रभाव आंशिक छ । अवस्था सामान्य बन्दै गएको छ । केही ठाउँमा फेलापरेका शंकास्पद वस्तु नेपाली सेनाको टोलीले ‘डिस्पोज’ गरेको उनले जानकारी दिए ।
देशभर चोकचोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij