
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन, वाइसीएलको अध्यक्षमा सर्वसम्मत रूपमा सुवोधराज श्रीपाली चयन भएका छन्। काठमाडौँमा भएको वाइसीएलको दोस्रो राष्ट्रिय भेलाबाट आइतबार अध्यक्षमा श्रीपाली चयन भएका हुन्।
वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्रबहादुर गुरूङ र महासचिवमा गणेश शाही चयन भएको वाइसीएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले बताए। पदाधिकारीहरू ६१ जनासहित वाइसीएलले ३५१ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij