Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

प्रधानमन्त्रीद्वारा गिरीप्रति श्रद्धाञ्जली

प्रधानमन्त्रीद्वारा गिरीप्रति श्रद्धाञ्जली

  • काठमाडाैँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवङ्गत नेता एवम् सांसद प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।  देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको गिरीको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जली र सम्मान अपर्ण गर्नुभएको हो ।

    images
    images
    images

    यसैगरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ,  महामन्त्री गगन थापालगायतले गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । नेपाली राजनीतिमा प्रखर वक्ताका रुपमा स्थापित गिरीको उपचारका क्रममा गएराति निधन भएको थियो । उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता र शुभेच्छुकको घुइँचो लागेको छ ।

    images

    उहाँको पार्थिव शरीर अस्पतालबाट केहीबेरअघि पार्टी कार्यालय पु¥याइएको हो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij