
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । कोरोना संक्रमणबाट एकैदिन पाँच जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७६ जना संक्रमणबाट मुक्त भए भने पाँच जनाको मृत्यु भएको छ। देशभरबाट ४५३४ नमूना परीक्षण गर्दा ८१५ जनामा संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट २४११ र एन्टिजेनबाट २१२३ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४६५ र एन्टिजेनबाट ३५० नमूनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।
हाल कोरोना सक्रिय संक्रमितको संख्या ५८६९ पुगेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij